cpnuml बाबुराम थापा

अध्यक्षको सन्देश

सम्पूर्ण पेसा-कर्मी मित्रहरूमा हार्दिक अभिवादन :-
पेसागत महासंघ सम्पूर्ण पेसा(कर्मीहरूको अमिट आस्थाको संगठन मात्र नभएर नेकपा एमाले पार्टी संग आवध्द २२वटा जन वर्गीय संगठन मध्ये एक ससक्त घटक संगठन हो ।यश संगठनमा विभिन्न क्षेत्र एवम् पेसा संग सम्बन्धित छ लाख भन्दा बढी पेसा(कर्मीहरू आस्था वा भरोसाका साथ आवध्द रहेको तथ्य जानकारी गराउन पाउदा गर्व महसुुस हुनु स्वाभाविक ठान्दछु ।
मित्रहरू १ वर्तमान समयमा दुईचार जना स्वार्थ लिप्त बतासले संगठनलाई आफ्नो निजी स्वर्थ अनुकूल प्रयोग गर्न खोजेतापनि चट्टनी अडान र जस्तोसुकै संकटमा पनि सफल नेतृत्व सावित , यो नेतृत्वले अवसर बादीहरूको दिवा सपनालाई कदापि सफल हुन दिन छैन भनी यहाँहरू प्रति आफ्नो प्रतिबद्धता ब्याक्त गर्दै साथ सहयोग पाउने पूर्ण आशामा छु ।
आदर्णीय साथीहरू  स पेसागत महासंघ वर्तमान समयमा केही अप्ठ्यारोमा भएतापनि अप्ठ्यारोको निकास छिट्टै निस्कने  विश्वास यहाँहरूलाई दिलाउन चहान्छु र प्रकृय समेत धेरै अगाडि बढी सकेको छ । त्येसका लागि महासंघका घटक संगठन , जिल्ला र प्रदेशका अधिवेशनहरू धमाधम भइरहेका छन भने सातौ राष्ट्रिय महादिवेशनको तयारीमा जुटिरहेको कुर समेत सगौरव जानकारी गर्दछु ।